एमाले अध्यक्ष केपी शर्मा ओली लुम्विनीमा ४ दिन बस्ने गरी आउदै

बुटवल, चैत्र ८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत्र ११ गते देखि लुम्विनीका बिभिन्न जिल्लामा बस्ने भएका छन्।

नेकपा एमालेले देशब्यापी सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत लुम्विनीका बिभिन्न जिल्लामा सन्चालित कार्यकर्तँ प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न आउने भएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीको ४ दिनको कार्यक्रम तय भएको छ वहां ५ दिन लुम्विनीका रुपन्देही कपिलबस्तु,अर्घाखांची, गुल्मी,र पाल्पाका औपचारीक कार्यक्रममा सहभागी हुनुहन्छ एमाले लुम्विनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कण्डेलले भने।

अध्यक्ष ओलीको रुपन्देही र कपिलबस्तुमा औपचारीक कुनै कार्यक्रम नभएपनि कार्यकर्ता अगुवा कार्यकर्ता संग अनौपचारीक भेटघाट र छलफल हुने छ भने अन्य जिल्लामा औपचारीक रुपमा सम्वोधन हुने छ अध्यक्ष कण्डेलले भने।

अध्यक्ष कण्डेलका अनुसार चैत्र १ गते अपरान्ह गौतमबुद्ध बिमानस्थल भैरहवा आउने र रुपन्देही बस्ने कार्यक्रम तय भएको छ भने १२ गते कपिलबस्तुमा भेटघाट,तथा अर्घाखांचीको सन्धिखर्कमा कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ।

अध्यक्ष ओलीले चैत्र १३ गते अर्घाखांचीमा आफु भुमिगत बस्दाका सेल्टरदाताहरु संग भेटघाट गरी गुल्मीको तम्घासमा आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम तय गरीएको छ।

अध्यक्ष ओलीले गुल्मी पछि चैत्र १४ गते पाल्पाको तानसेनमा आयोजित सभालाई सम्वोधन गर्ने छन् भने १४ गते सांझ बुटवल आईपुग्ने कार्यक्रम तय गरीएको नेकपा एमालेले जनाएको छ।

एमाले श्रोतका अनुसार अध्यक्ष ओलीकै चाहाना अनुसार पन्चायत कालमा भुमिगत बसेका स्थानका सेल्टरदाता र कार्यकर्ताहरुसंग भेटघाट सहितका कार्यक्रम तय गरिएको हो।

यि कार्यक्रमहरुमा नेकपा एमालेलाई संकटको अवस्थामा सघाउने,पार्टीमा बिभिन्न ढंगले योगदान गरेका तथा सामाजिक जिवनमा महत्वपुर्ण योगदान गर्ने सामाजिक अगुवाहरुलाई समेत सम्मान गर्ने कार्यक्रम बताईएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation