पूर्व राजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए ।

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation