ग्लोबल मोनी विक्स’ अन्तरगत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड सैनामैना शाखाद्धारा सैनामैना नगरपालिका ०६ मा रहेको रामापुर माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
रामापुर माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यानरत ५० भन्दा बढि विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको थियो ।
सो अवसरमा बोल्दै बैंक शाखा प्रबन्धक सन्तु सुबेदिले ‘ग्लोबल मोनी विक्स’ कार्यक्रम अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम गरिएको र यसका अलवा अन्य समयमा पनि बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा उनले वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न आर्थिक क्रियाकलप र व्यवस्थापनमा सहज हुने बताए ।
विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा ब्यावहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिनुभयको बैंकका कर्जा बिभाग प्रमुख डिल्लिराज पौडेल ले जानकारी दिनुभयको थियो ।