कलेज बसको ठक्करबाट रुपन्देहीमा एक बिद्यार्थीको ज्यान गयो

बुटवल, चैत्र १०। तिलोत्तमा क्याम्पसको बिद्यार्थी बोकेको बसको ठक्करबाट एक युवाको ज्यान गएको छ। उक्त दुर्घटनामा परि अन्य ३ जना समेत घाईते भएका छन्।

बुटवलको कालिकानगरमा भएको उक्त दुर्घटनामा ज्यान जानेमा तिलोत्तमा नगरपालिका वडा नं ४ का आबिश्कार टंण्डन रहेका छन्।

लु ७२ प ७३९२ नम्वरको मोटरसाईकलमा सवार टंण्डन बुटवल बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यायनरत बिद्यार्थी हुन्। उनी कलेजबाट फर्किदै गर्दा दुर्घटनामा परेका हुन्।

टंण्डन क्याम्पसबाट फर्किदै गर्दा सिद्धार्थ राजमार्गको कालिकानगर स्थीत होराईजन चोक अगाडी आईपुगेका टण्डनलाई पछिपछि आई रहेको तिलोत्तमा क्याम्पसको लु १ क ५३५ नम्वरको बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट टण्डनको उपचारका लागी नजिकै रहेको चौराह अस्पतालमा पुर्याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।

बसको ठक्करबाट उछिट्टीएको टंण्डन सवार मोटरसाईकलले योगिकुटी तर्फबाट बुटवल तर्फ जादै गरेका हुम बहादुर थापा सहित अन्य २ जना घाईते भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation