राष्ट्रका लागि संगीत अभियात्रा बुटवलमा

अफठ्यारोमा परेका जनता, राष्ट्र र राष्ट्रियताको मुक्तिका लागि संगीत अभियात्रा सञ्चालन गरिएको छ । राष्ट्रका लागि संगीत अभियात्रा यही चैत्र ४ गते धनगढीबाट शुरु गरिएको हो ।
रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जनगायक जीवन शर्माको अगुवाईमा सञ्चालन भएको राष्ट्रका लागि संगीत अभियात्रा आगमी बैशाख ५ गते काठमाण्डौको प्रज्ञाभवनमा समापन गरिने छ ।
राष्ट्रका लागि संगीत अभियात्रा अभियानले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी संगीत अभियात्राबारे जानकारी गराएको छ ।
राष्ट्र, देश र जनता अफठ्यारोमा परेको महशुस गरी सांस्कृतिक रुपमा जनतलाई सचेत गराउने उद्देश्यले राष्ट्रका लागि संगीत अभियात्रा सञ्चालन गरिएको रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जीवन शर्माले बताए ।

राष्ट्र र राष्ट्रियता अफठ्यारोमा परेको बेला कलाकारहरु एकै ठाउंमा भएजस्तै कम्युनिष्ट पार्टीका नेताहरु पनि एक ठाउं उभिने वेला आएको उनले बताए ।
कसैको एकल र कुनै पार्टी विशेषको संगीत अभियात्रा सञ्चालन नगरिएको बताउंदै जनवादी गायक जीवन शर्माले भने – समग्र देश, जनता, राष्ट्र, राष्ट्रियताका लागि साझा अभियानका रुपमा यो अभियान चलाईएको हो ।

संगीतकार मणि थापाले कम्युनिष्ट आन्दोलनलाई सहयोग पुराउने गरी राष्ट्रका लागि संगीत अभियात्रा सञ्चालन गरिएको बताए ।
अर्का संगीतकार चिरन पुनले गलत कामको विरोध, वामपन्थी पार्टीबीच एकताको सन्देश दिन र राष्ट्रलाई वलियो बनाउने उद्वेश्यले राष्ट्रका लागि संगीत अभियात्रा अभियानको रुपमा सञ्चालन गरिएको बताए ।
वामपन्थी शक्तिलाई एक ठाउंमा ल्याउन, राजनीतिक र सांस्कृतिक क्रान्ति पुरा गर्नका लागि समाजलाई सांस्कृतिक रुपान्त्रण गर्ने राष्ट्रका लागि संगीत अभियात्राको उद्देश्य रहेको छ ।
संगीत अभियात्रा अन्तरगत भोली चैत्र १३ गते बुटवलमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको जनवादी गायक तथा पत्रकार नारायण शर्माले जानकारी गराएका छन् ।
बुटवलको कालिकानगरस्थित रोजपार्टी प्यालेसमा दिनको २ वजे सांगेतीक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
यस अघि धनगढी, सुर्खेत, घोराहीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, चिरन पुन, कर्ण विद्रोही, निलिमा पुन, प्रगति महरा, मोहित श्रेष्ठ, नारायण शर्मा, कुश्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रीन, अनु शर्मा, निशा बुढा मगर लगायतका कलाकारहरुको राष्ट्रका लागि संगीत अभियात्रा अभियानमा सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation