मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य मन्त्रालयले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ७ दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई स्थाीय तहले फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ ।

मन्त्रालयले सम्बन्धित स्थानीय तहहरुलाई गरिएको परिपत्रमा ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिकारगाउँपालिकाले प्रचलित कानून हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाईएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई पत्रको मितिले ७ (सात) दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिन’ भनिएको छ ।

निर्णयमा थप भनिएको छ,“तहाँ कार्यालयबाट अन्यत्र खटाईएका कर्मचारीहरुलाई समेत सोही अवधि भित्र खटाईएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०७९–१२–०९ को निर्णयानुसार अनुरोध छ ।”

मन्त्रालयले मन्त्रालयबाट खटाईएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिकागाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation