
त्रिभुवन विमानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा चैत १३ गते समस्या देखिएपछि उडान रद्ध गरिएको छ। भैरहवा उड्न धावनमार्गमा केहीबेर दौडिसकेको बुद्ध एयरको एटीआर जहाजको इण्डिकेसनमा समस्या देखिएपछि टेकअफ रद्द गरिएको हो।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार पौने ३ बजे उडान तालिका रहेको जहाज धावनमार्गमा केही बेर दौडिसकेको थियो । तर, अचानक इण्डिकेसनमा समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको हो।
जहाजलाई अब नेपाल नागरिक उड्ययन प्राधिकरणको प्राविधिक टोलीले परिक्षण गरेपछि मात्रै उडानको अनुमति दिईने विमानस्थल श्रोतले जनाएको छ।