
सैनामैना वडा न.६ मा रहेको आँपखोला खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौ साधारण सभा सम्पन्न भएको करिव दुई महिना पछि आज बुधवार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्र शर्माले मानवजीवन संग जोडिएको खानेपानीलाई थप व्यवस्थित बनाउन आग्रह गरेका छ्न । उपभोक्ताको आधारभुत आबस्यकता मै खानेपानी पर्ने हुँदा संस्था बढि सवंदेनशिल बन्नु पर्नेमा जोड दिए ।
आम उपभोक्तालाई शुद्व पानी पिउँनका लागि फिल्टर ब्यबस्थापन संगै बजेटका लागी पहल गर्ने प्रतीबद्वता व्यक्त गरे ।
उपभोक्ताको हितमा काम गर्नुपर्नेमा जोड दिए । बिपन्न परिवारको लागी निशुल्क धारा जडान गर्ने ब्यबस्था सहित अघि बढनुपर्ने बताए ।
उक्त कार्यक्रममा वडा नं. ६का वडा अध्यक्ष गोपाल पोख्रेल, वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी लगाएतको आथित्यतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव पदम पाण्डेले गर्नुभएको थियो ।