नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अधिबेशन सम्पन्न

बुटवल । नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमा सङ्कर घिमिरे चयन भएका छन् । संघको आज आइतबार सम्पन्न अधिवेशनले उमा सङ्कर घिमिरे अध्यक्ष रहेको संघको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको हो । जसको उपाध्यक्षमा निशाना रोका मगर, सचिव तारा बहादुर वलि कोषाध्यक्ष , तेज बिक्रम वलि चयन भएका छन् ।

त्यसैगरी संघको सदस्य एमेसन चौधरी ,सत्य देब थापा,अस्मिता बोगटी ,सरोज थापा र पुजा राणा  रहेका छन् । अधिवेशन उद्घाटन समारोह नेपाल गोजुरियो कराते दो संघका नेपाल गोजुरियो कराते दो संघका महासचिव तथा प्रमुख प्रशिक्षक एवम् नेपाल कराते महासघका सचीव  बि आर मित्रको अध्यक्षता र प्रदेश खेलकुद परिषद लुम्बिनी सदस्य सचीव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा प्रदेश संघ गठन भएको छ।

विशिष्ट अथिती नेपाल कराते महासघका बरिस्ठ उपाध्यक्ष  हरिशरण के सि, अथिती श्याम शेर्पा, पवन पौडेल लगाएको उपस्थिति रहेको थियो।  तेज बिक्रम वलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण  कराते प्रशिक्षक  केशब कि क ले गरेका थिय ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation