बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान–अवतरण नहुने

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ ।

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।

 

उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो ।

सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation