अल्पमतको लुम्बिनी सरकारलाई संचार परिषद गठन प्रकृया अघि नबढाउन चेतावनी

अल्पमतको लुम्बिनी प्रदेश सरकारलाइ संचार परिषद गठन प्रक्रिया अघि  नबढाउन आग्रह गर्दै प्रेस सेन्टर लुम्बिनी प्रदेस सरकारलाइ एक बिग्यप्ती मार्फत आग्रह गरेको छ ।

बिज्ञप्तिको पुर्णपाठ

ञ्चारकर्मी र सञ्चार माध्यमको विकास, समृद्धिका लागि गठन गरिने सबै सँस्था एवं संरचना अनिवार्य र अपिहार्य हो । लुम्बिनी प्रदेशमा सञ्चार परिषद् बनाउने विषय सबै सञ्चारकर्मीको लागि सुखद विषय भएपनि अल्पमतमा परिसकेको लुम्बिनी प्रदेश सरकारले मंगलबार देखि हतार हतारमा संचार परिषद गठन प्रकृया अघि बढाइरहेको सम्बन्धमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश कमिटिको गम्भीर ध्यानाकर्षण भएको छ । संचार विद्येयकमा रहेको संचार परिषद् गठन सम्बन्धी व्यवस्थामा विभिन्न प्रावधान एक आपसमा बाझिएको, नियुक्तिको मापदण्ड सम्बन्धि प्रष्ट व्यवस्था नभएको, सो सम्बन्धी नियमावली निर्माण गरि परिषद् गठन गर्नुपर्ने र संचार परिषद सम्बन्धी नियमावली संचार क्षेत्रमा कार्यरत सरोकारवालाहरुसंग परामर्श तथा सहमतिबाट निर्माण गरि कार्यान्वयनमा जानुपर्नेमा सिधै ऐनमा टेकेर कार्यकर्ता भर्तिकेन्द्र बनाउन खोजिएकोमा कडा आपत्ति प्रकट गर्दछौ । गठबन्धनबाट बनेको एमाले नेतृत्वको सरकार अल्पमतमा परिसकेको अवस्थामा कानून मिचेर गर्न खोजेको संचार समन्वय परिषद् गठन प्रक्रिया आफैमा विवादित हुने भएकाले यस प्रकारका गतिविधी नगर्न तथा तत्काल ठाडो नियुक्ति प्रकृया रोकी संचार परिषद् सम्बन्धी नियमावली निर्माणका लागि आवश्यक कदम चाल्न सरकारसंग माग गर्दछौ । प्रेस सेन्टर नेपाल सरकारको यस कदमको विरोधमा आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation