
बुटवल । बुटवलदेखि बाग्लुङ जाँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो ।
घटना बारे जानकारी प्राप्तभएपछि उद्दारका लागि प्रहरी चौकी दोभानको टोली पुगेको छ । दुर्घटनामा कम्तिमा २५ जना घाइते भएको हुनसक्ने प्रहरीले जनाएको छ । उद्दार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।