आज दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दोस्रोपटक विश्वासको मत लिँदैछन् । पुस २७ मा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए । तर, चैत १२ मा ५ दलले उनीमाथिको समर्थन फिर्ता लिएपछि गिरी अल्पमतमा परेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा अहिले २९ सांसद रहेको एमाले र ४ सांसद रहेको राप्रपामात्रै सरकारमा छन् । अन्य ८ दलका ५३ सांसदले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन चैत १२ मै प्रदेश प्रमुद अमिक शेरचनसमक्ष दाबी गरिसकेका छन् । विश्वासको मत लिनुअघि मुख्यमन्त्री गिरीले माओवादी र साना दलसँग पनि छलफल गरेपनि विश्वासको मत दिनेबारे कुनै सहमति भएको छैन ।

आइतबार एमाले संसदीय दलको बैठकले सदनमा विश्वासको मत माग्ने र सबै दलसँग प्रदेशको स्थायित्वको लागि आग्रह गर्ने र त्यो सम्भावना नभए धारा ३ अनुसार सरकार गठन प्रकृयामा जानेगरी तयारी गर्ने निर्णय गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation