वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते

१७ वैशाख, काठमाडौं । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation