श्रीको जहाज रनवेमा रोकिएपछि यतीको जहाज ल्याण्ड गर्न सकेन, काठमाडौंमै फिर्ता

२५ वैशाख, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ ।

विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौंमै फर्किएको हो ।

 

आज बिहान श्री एयरलाइन्सको उडाननम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै बीचबाटै भैरहवा नै फर्किएको थियो । जहाज रनवेमै रहेकाले उडान अवतरण प्रभावित भएको छ ।

एनवाईटी ८९१ कल साइनको यतीको जहाज बिहान साढे ९ बजे काठमाडौंबाट भैरहवा प्रस्थान गरेको थियो ।

पश्चिम नवलपरासी पुगेर आकाशमा फन्को लगाएको सो जहाज भैरहवा ल्याण्ड गर्न नसकेर काठमाडौं आएको विमानस्थल कार्यालय स्रोतले बतायो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation