
सैनामैना, बैशाख २५
सैनामैना नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । सैनामैना नगरपालिकाको सालझण्डी पश्चिम लोकमार्गको वरीपरी सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रममा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख बिना राना, प्रमुख प्रशासकिय अधिकृत जनक थापा लगाएत जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था,स्थानीय क्लबको, नगर प्रहरी र सुरक्षाकर्मीहरुको संयुक्त सहभागीतामा सरसफाई कार्यक्रम गरिएको हो ।
नगरपालिकाको स्थापना दिवसको अवसरमा सोमबार विहान सरसफाई सम्पन्न गरिएको हो ।