‘जिउँदा शहिद’ कायस्थको निधनमा प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुकेश कायस्थको निधन प्रति दुःख ब्यक्त गरेका छन् । दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधनप्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् ।

‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’

३२ वर्षीया कायस्थको उपचारको क्रममा हिजो साँझ ७ः३० बजे मेमोरियल अस्पताल बनेपा, काभ्रेमा उनको निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिदैँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation