
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले शनिबार नवौँ चुरे संरक्षण दिवस मनाउँदैछ। समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। सरकारले २०७१ साल असार २ गते सो समिति गठन गरेको थियो।
नवौ चुरे दिवसको अवसरमा सैनामैना नगरपालिकाको श्री दुर्गा भवानी माध्यमिक विद्यालयमा वृक्ष रोपण कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति , कार्यक्रम कार्यान्वयन इकाइ बुटवलको आयोजनामा यस विद्यालयले खाली जमिनमा आँप, लिची अन्य उन्नत बिरुवाको वृक्षरोपण गरिएको छ ।
वृक्षरोपण कार्यक्रम नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा बाट कार्य सुभारम्भ भएको हो ।
दिवसका अवसरमा बोल्दै शर्माले ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ भन्ने साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गरेका छन्।
स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक बन उपभोक्तालगायत स्थानीय समुदाय, दुर्गा भवानी विद्यालय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिएका छन्।
नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कुल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ।
अव्यवस्थित बसोबास, बन अतिक्रमण, बन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले संवेदनशील बन्दै गएको छ। यसै सन्दर्भमा सैनामैनाको चुरे काखमा अवस्थित श्री दुर्गा भवानी माध्यमिक विद्यालयको प्राङणमा उक्त कार्य गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुल्सि राम शर्मा वाग्ले, विद्यालय व्यवस्थापन समितिका पधादिकारी, स्थानीय वुद्धिजिवी, समाजसेवी लगाएतकोे उपस्थितिमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।