विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ ।
हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १६ ओभरको खेल सकिँदा बिना क्षति ६८ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ४२ र आसिफ शेख २२ रनमा खेलिरहेका छन् ।
नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।