तुफान आइसकेको छैन, आउन चाहिँ सक्छ ःप्रधानमन्त्री

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताएका छन् । तर जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने दाबी गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटबारे भएको छलफलमा प्रधानमन्त्रीले जवाफ दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले विकासको तुफान आइसक्यो भनेजसरी प्रस्तुत भएको विषयमा प्रश्न गरेका छन् ।

 

जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैले दृढ इच्छा शक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असम्भव छैन भन्न मात्र खोजेको बताए ।

आफूले निराशा, कुण्ठा, अविश्वास र आशंका होइन, विश्वास र दृढताका निम्ति अपील गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तुफान आइसकेको छैन । तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी, १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै कामहरु जसरी सुरु भएका छन्, ती सबै अगाडि जाने हो भने तुफान आउन चाहिँ सक्छ छिट्टै ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation