
बुटवल उपमहानगरपालिका वडा नं. १६ ले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुलदेखि खानेपानीको महशुल तिरिदिने भएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि वडाको कार्यालय नरैनापुरमा सोमबार वडाध्यक्ष र सदस्यहरुको बसकेको बैठकले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुदेखि १० युनिट पानी खपत गर्ने घरको खानेपानीको महशुल वडाले तिरिदिने निर्णय गरेको हो । करिब ४ सय हेक्टर भूमिमा खेती हुँदै आएको वडामा समुहत रुपमा संचालनमा आएका ५ वटा भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुल तिर्ने निर्णय गरेको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
करिब ६७५ घरधूरी रहेको वडामा सिचाईको लागि आकासे पानी र भूमिगत सिचाईको भर पर्नु पर्ने बाध्यता छ । एक घण्टा भूमिगत सिचाई प्रयोग गरेबापत कृषकले दुईसय रुपैँयादेखि ६ सय रुपैँयासम्म तिर्न बाध्य थिए । भूमिगत सिचाईको पानीको महशुल महङ्गो हुने भएकाले वडा कार्यालयले विद्युतीय महशुल तिरिदिने निर्णय गरिएको उहाँले बताउँनु भयो । यसको लागि वडाले ५ लाख बजेटको ब्यवस्था गरेको र किसानलाई केही भएपनि राहात मिल्ने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । यस्तै वडाले १० युनिट खानेपानी खपत गर्ने घरको महशुल तिरिदिने निर्र्णय गरिएको जानकारी दिनुभयो । यसबाट करिब १५० घरधुरी लाभान्वित हुने आकलन गरिएको पौडेलले बताउनु भयो । बुटवल उपमहानगरपालिकाबाट वडा नं. १६ लागि यस आर्थिक वर्षमा वडाले खर्च गर्न पाउने ७२ लाख बजेट परेको उहाँले बताउँदै यही बजेटबाट किसान तथा गरिब परिवारलाई राहातका कार्यक्रम ल्याईएको बताउनु भयो ।
वडा कार्यालयले सिचाईको महशुल तिरिदिने भएपछि कृषकहरु खुशी भएका छन । यसले गर्दा वडामा कृषि उत्पादनमा बृद्धि हुने र किसानलाई केही भएपनि राहात मिल्ने अपेक्षा लिईएको छ । यस्तै वडा कार्यालयमा आउने सेवाग्राहीलाई फोटोकपि र निवदेनमा कुनै शूल्क नलाग्ने ब्यवस्था गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । यस्तै नरैनापुर आभारभूत विद्यालयमा सिसिटिभी क्यामेरा जडान , सार्वजनिक शौचालय निर्माण र २ वटा सार्वजनिक स्थलमा निःशूल्क वाईपmाईको ब्यवस्था वडाले गर्ने भएको छ ।