
नेकपा माओवादी केन्द्र रुपन्देहीले तीन चरणमा ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ। आज सनिवार बसेको माओवादी केन्द्र रुपन्देहीे जिल्ला समन्वय समितिको बैठकले पहिलो चरणमा आन्तरिक तयारीलाई भदौ १–१५ भित्र सम्पन्न गर्ने, दोस्रो उद्घाटन भदौ १६–२५ भित्र सम्पन्न गर्ने र तेस्रो चरणमा निरन्तरता र उत्कर्षलाई भदौ २६ देखि मंसिर १५ मा सम्पन्न गर्ने निर्णय भएको छ।
रुपन्देहीे जिल्ला समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्य तय गरी कार्यविधि निश्चित गरेको पार्टीका रुपन्देही जिल्ला संयोजक नारायण जिसि(निर्मल)ले बताए।
रुपन्देही जिल्ला संयोजक नारायण जिसि(निर्मल)को अध्यक्षता र केन्द्रीय सचिव प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेको बैठकले जिल्लाका स्रोह पालिकामा पार्टी संगठन सुदृढ गर्ने, एक सय २२ वडाहरूमा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, हजारौँ पार्टी सदस्यलाई परिचालन गर्ने र लाखौँ जनतामा पुग्ने अभियानमा रहेका केन्द्रीय सदस्यहरू जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने निर्णय भएको छ।
त्यस्तै, प्रदेश सदस्यहरूले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने, अभियानमा पार्टीका सबै संरचनाहरूलाई परिचालन गरी ‘घरघरमा माओवादी जनजनमा माओवादी’को नारालाई सार्थक बनाइनेछ।
अभियानका लागि बुटवल उपमहानगरको संयोजकमा केन्द्रीय सदस्य नारायणि शर्मा, देवदह नगरपालिकामा केन्द्रीय सदस्य सिता पौडेल, सिदार्थनगर नगरपालिका र सुद्धोधन गाँउपालिकामा केन्द्रीय सदस्य पुरन केसि, रोहिणि गाँउपालिकामा केन्द्रीय सदस्य दुलारी हरिजन, मर्चवारी र सम्मरीमाइ गाँउपालिकामा केन्द्रीय सदस्य घनस्याम यादव, कोटहिमाइ र मायादेवि गाँउपालिकामा केन्द्रीय सदस्य काशिराम यादव, ओमसतिया गाँपालिकामा केन्द्रीय सदस्य राजु हरिजन, सैनामैना नगरपालिका र गैडहवा गाँउपालिकामा केन्द्रीय सदस्य ठाकुर बिक (किशोर), तिलोत्तमा नगरपालिका र सियारी गाँउपालिकामा केन्द्रीय सदस्य शिर्जना तरामु, लुम्बिनि संस्कृतिक नगरपालिका र गैडहवा गाँउपालिकामा केन्द्रीय सदस्य इस्तीहाक खानलाई जिम्मा दिइएको छ। भने समग्र रुपन्देही जिल्लाको नेतृत्व स्थाई समिति सदस्य गणेशमान पुनले गर्नेछन् ।