
सैनामैना, भदौं ४ ।
रुपन्देहीको सैनामैना–२ स्थित श्री कालिका आधारभूत विद्यालयमा बित्तीय साक्षरता तथा हजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । सिवाईसी नेपाल लघुबित्त बित्तिय संस्थाको आयोजनामा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको हो ।
बिद्यार्थीहरुको बौद्धिक विकास संगसंगै बित्तिय साक्षरता सम्बन्धी ज्ञान र बचत गर्न सिकाउने उद्देश्यले साक्षरता तथा हाजिरी जवाफ कार्यक्रम गरिएको सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था सैनामैना शाखा प्रमुख भिख्खु प्रसाद चौधरीले बताउनु भयो ।
वित्तिय साक्षरताले सानै देखि बचत गर्ने बानीको विकास गर्ने हुंदा यस खालको कार्यक्रम आवश्यक भएको सैनामैना नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अम्मर बहादुर कंडेलले बताउनु भयो । सानै देखि विद्यार्थीहरुलाई शिक्षा संगसंगै रचनात्मक कार्य सिकाउनु पर्ने उहाँको भनाई छ ।
विद्यालयमा यस खालको कार्यक्रम गरिएकोमा कालिका आधारभूत विद्यालयका अध्यक्ष कृष्ण बहादुर कुंवरले खुसि ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बुटवल कलस्टरका कुलदेव लामिछाने, नेपाल फाइनान्स मुर्गिया शाखा प्रमुख यज्ञमनि घिमिरे लगाएतले वित्तिय साक्षरताका विषयमा बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन सैनामैना शाखाकी कर्मचारी पार्बती खनालले गर्नु भएको थियो । हाजिरी जवाफ कार्यक्रममा उत्कृष्ट र सहभागी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।