सैनामैना व्यापार संघको अध्यक्षमा पौडेल

सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले सुरेन्द्र पौडेलको अध्यक्षतामा २० सदस्य कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, प्रथम उपाध्यक्षमा दिपेन्द्र ढकाल, दृितिय उपाध्यक्ष हरिलाल न्यौपाने, महासचिव भिम प्रसाद सुबेदी, कोषाध्यक्ष पुष्प पौडेल, सह कोषाध्यक्ष प्रेम थापा, उपमहासचिव गोबिन्द पोखरेल, सचिव चाम बहादुर क्षेत्री र सहसचिव खिमलाल घिमिरे रहेका छन । अधिवेशनले शिव प्रसाद भुषाल संयोजक रहेको तिन सदस्य लेखा समिति चयन गरेको छ ।

नव निर्वाचित समितिलाई प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, सैनामैना व्यापार संघका सल्लाहकार एवं सैनामैनाका पुर्व नगर प्रमुख चित्र बहादुर कार्की, सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का, निर्वाचन कमिटि संयोजक खुशीराम चौधरी, चन्द्रकान्त भण्डारी, कृष्ण प्रसाद बस्याल, नेपाल चेम्बर अफ कमर्शका टंक प्रसाद पोख्रेल, नेपाली काङ्ग्रेसका रण बहादुर खनाल लगायतले शुभकामना तथा बधाई दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation