दुधराक्ष युवा क्लबको उत्कृष्ट कार्य बोटबिरुवा संंरक्षण तथा हरियाली प्रवर्द्धन गर्न लुम्बिनी रोडमा राखियो ट्रि गार्ड

भदौ ३०, सैनामैना
दुधराक्ष युवा क्लबले विरुवा रोपौँ, विरुवा जोगाउ भन्ने उदेश्यका सथा बोटबिरुवा संंरक्षण तथा हरियाली प्रवर्द्धन अभियान सुरु गरेको छ ।
दुधराक्ष युवा क्लबले आज एक कार्यक्रमका बिच सैनामैना(६ कलौनी लुम्बिनी रोडको दायाँबायाँ रोपिएका बोट बिरुवा संंरक्षण गर्न ३२ थान ट्रि गार्ड राखिएको छ ।

क्लब अध्यक्ष किरण पोख्रेलले हरेक वर्ष विभिन्न अवसर परेर बिरुवा रोपिन्छ तर रोपिएको बिरुवा संंरक्षण नहुदा धेरै बिरुवा हुर्कनै पाउँदैनन् । बोटबिरुवा रोपेर मात्रै हुँदैन यसको संंरक्षणका गर्नुपर्छ भन्दै क्लबले विभिन्न सहयोगी दाताहरु मार्फत प्राप्त गरेको ट्रि गार्ड लुम्बिनी सडक परिसरमा राखिएको बताउनुभयो ।
सो अवसरमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले रोपिएका बिरुवाहरुको संंरक्षणप्रति हामी आफै उत्तरदायी छौँ भन्ने भावनाको विकास हुन जरुरी बताउनुभयो ।

No description available.

सर्वपक्षिय प्राणीहरुको हितमा र बातावरणमा पर्ने प्रभावलाई संन्तुलन कायम राख्न बृक्षारोपण गर्न आवश्यक छ तसर्थ रोपिएका विरुवालाई हुर्काउन मल जल गरेर जोगाउन सबै नागरिकको भुमिका उत्तिकै महत्त्वपूर्ण रहेकोले क्लबले चलाएको अभीयानमा सबैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो ।
हरीयाली युक्त नगर निमार्णमा बिषेश योजना सहित नगरपालिका अगाडी बढेको नगर प्रमुख शर्माले बताउनुभयो ।
हरियाली प्रवर्द्धन गर्दै प्राकृति विनास हुन नदिन दुधराक्ष युवा क्लबले चलाएको अभियान उत्कृष्ट रहेको सैनामैना नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल पोख्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो ूप्राकृति रहे मानव रहन्छ, प्राकृति विनास भए मानव जीवन नास हुन्छू भन्ने कुराको ख्याल गरि बोटबिरुवालाई पनि उचित संंरक्षण गरि हेरचाह गर्न आवश्यक छ ।
दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोख्रेलको अध्यक्षता सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, सैनामैना वडा न ६ का वडाध्यक्ष गोपाल पोख्रेलको आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियो ।
कार्यक्रम संचालन क्लबका सचिब पदम पान्डेले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation