१८ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा गुल्शन झाले विस्फोटक ब्याटिङ गरिरहेका छन् ।
झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ ।
यो टी–२० आईमा गुल्शनको पहिलो अर्धशतक हो । झाले कप्तान रोहितकुमार पौडेलसँग ६७ रनको साझेदारी गरिसकेका छन् ।
गुल्शनले ओडीआईमा पनि महत्वपूर्ण फाइनल खेलमा अर्धशतक प्रहार गरेका थिए ।
उनले विश्वकप लिग टुअन्तर्गत अन्तिम शृंखलामा यूएईविरुद्ध अविजित ५०, एसीसी प्रिमियर कप फाइनलमा पनि यूएईविरुद्ध अविजित ६७ रन बनाएका थिए । यस्तै जिम्बाव्वेमा भएको वान डे विश्वकप छनोटको अन्तिम खेलमा आयरल्याण्डविरुद्ध अविजित ५७ रन बनाएका थिए ।
टी(२० आईमा पनि गुल्शनले फाइनल खेलमा उस्तै खाले ब्याटिङ गरिरहेका छन् ।
शरद भेषावकरले गुल्शनलाई ‘ही इज दी म्यान फर फाइनल’ भनेका छन् ।
गुल्शनले २५ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए । उनी १७औं ओभरको अन्तिम बलमा आउट भए ।
गुल्शन र रोहितले ७८ रनको साझेदारी गरे ।