
सैनामैना, पुस ०८ ।
रुपन्देहीको सैनामैनामा महिला संग उपप्रमुख कार्यक्रम अन्र्तगत महिलाहरुलाई अचार बनाउने तालिम दिईएको छ । महिलाहरुलाई व्यवासयि बनाउने उद्देश्यका साथ सो तालिम दिईएको हो ।
महिलाहरुलाई सीप सिकाई आर्थिक उन्नयनका लागि रोजगारी श्रृजना गर्ने गरि महिलाहरुलाई यस तालिम दिईएको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले सो कार्यक्रममा बताउनु भयो । तालिम अवधिभर सिकेका ज्ञान–सिपलाई आउँदो दिनमा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने उहाँले सुझाव थियो । अचार बनाउनका लागि कच्चापदार्थ स्थानीयस्तरमा उपलब्ध हुने हुँदा अचार बनाउने सामग्रीको उचित प्रयोग गरि आयआर्जनमा वृद्धि गर्नुपर्ने उहाँले जोड दिनु भयो । स्वादेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने बताउनदै उहाँले भन्नु भयो –‘महिला दिदीबहिनीहरु व्यावसायिक रुपमै अघि बढ्नु पर्छ ।’
उद्यमशिलता र सीप उन्नयनका लागि ५ दिने अचार बनाउने तालिमले महात्वपुर्ण भूमिका खेल्ने सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले बताउनुभयो । महिलाहरुको चाहाना अनुसार सीप मुलक तालिम सञ्चालन गरिएको उहाँको भनाई छ । तालिम लिएका महिलाहरुलाई नगरले स्वरोजगार बन्न सहयोग गर्ने उहाँले बताउनुभयो ।
तालिम पश्चात् महिलाहरुलाई सक्षम उद्यमी बन्न सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारीले आग्रह गर्नुभयो । व्यवासय गर्न चहाने महिलाहरुलाई आफ्नो वडाले सहयोग गर्ने उहाँको भनाई छ ।
च्याउ, करेला , खुर्सानी , माशु , मेथी, लसुन , लगाएत मिक्स अचार बनाउने तालिम दिईएको तालिम आयोजक सैनामैना मगर महिला संघकी अध्यक्ष जुनु पुन मगरले बताउनुभयो । तालिमले परिवारमा आय–आर्जनमा टेवा पुग्ने र महिलाहरुलाई स्वरोजगार बनाउन मद्दत मिल्ने उहाँको भनाई छ ।
गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चा पदार्थहरुको प्रयोग गरेर बनाइने मीठो र स्वादिष्ट अचारबाट आकर्षक आम्दानी गर्न सकिने प्रशिक्षक शोभा खत्रीले बतानुभयो । अहिले सहर तथा बजारहरुमा अचारको माग बढिरहेको उहाँले बताउनुभयो ।