समृद्धिको लागि पर्यटन प्रवर्द्धनः शनिवार बुटवल– बसन्तपुर पदयात्रा

बुटवल पुष २७। राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको बुटवल (गोलपार्क) –पाल्पाको बसन्तपुर सम्म हाइकिङ्ग आयोजना गरेको छ।

समृद्धिको लागि पर्यटन प्रवर्द्धन नारा दिईएको हाइकिङ्ग यात्राको अगुवाई नेकपा एमाले उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्ने छन्।

शनिवार बिहान आयोजना हुने उक्त पदयात्रामा नेकपा एमालेका नेता कार्यकर्ता संगै सर्वसाधारणको सहभागीता रहने आयोजक राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष बिकासजंग बस्नेतले बताए।

बुटवल र यस आसपास प्रयाप्त पर्यटकीय सम्भावना छन् तिनको प्रचार प्रसार गर्नु आवश्यक छ त्यो गर्न सके बुटवलको पर्यटन र आर्थिक बिकास गर्न सकिन्छ भन्ने सोंचका साथ बुटवल बसन्तपुर हाइकिङ्ग आयोजना गरेका हौं बस्नेतले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation