जाडो बढेपछि सैनामैनाका विद्यालय भोलीदेखी बन्द

सैनामैना। अत्याधिक जाडो बढेपछि सैनामैना नगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालेले आइतवार एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा माघ ८ गतेदेखि १० गतेसम्म विदा दिने बताएका हुन् ।

लगातार रुपमा बढ्दै गहिरहेको चिसो र सितलहरको कारणले दैनिक जनजीवन कष्ठकर हुदै गहिरहेको अवस्थामा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असरपरी पठनपाठनमा असहजता देखिएकोले हिउँदे बिदावाट कट्टी हुनेगरी मिति २०८०र१०र०८ गते देखी २०८०र१०र१० गतेसम्म सैनामैना नगरपालिका अन्तर्गतका विद्यालयमा जाडो बिदा दिइएको व्यहोरा जानकारी गराइन्छ सुचनामा लेखिएको छ ।

May be an image of text

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation