बुटवलमा भन्सार छलेर भित्राइएको २ हजार किलो माछा बरामद

बुटवल । बुटवल प्रहरीले आज पनि नेपालमा प्रतिबन्धित बैखी जातका माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल उपमहानगरपालिका वडा नं.५ हाटबजार लाईनबाट बरामद गरिएको भन्सार छलेर नेपाल भित्राइएको २ हजार केजी माछा बरामद गरि नष्ट गरेको हो ।

विशेष सूचनाका आधारमा हाटबजारको बुटवल सिद्धार्थ क्याम्पस अगाडि शंकास्पद अवस्थामा रोकी राखेको लु २ च ३३२९ नंको बलेरो गाडी चेक जाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेका अबैध बैखि जातको माछा २ हजार किलो फेला परेको प्रहरीले जनाएको छ । अबैध मरेको माछा रितपुर्वक बरामदगरी माछा ओसार पोसार गर्ने कपिलबस्तु नगरपालिका वडा नं १ बस्ने बर्ष २३ को शिव कुमार यादब र बुद्धभूमी नगरपालिका वडा नं.२ बस्ने बर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।

त्यसैगरि प्रहरीले आजै बुटवल उप–महानगरपालिका वडा नं.५ अमरपथबाट सियारी गाउपालिका वडा नं.७ बस्ने बर्ष ३२ को प्रदिप केवटले चलाएको लु ६ प ४२०३ नम्वरको मोटरसाईकलमा भन्सार छलेर नेपाल ल्याइएको भेल्बटको ५ रोल (१०६ मिटर) कपडा बरामद गरेको छ । मोटरसाईकल चालक केवटसहित बरामद मोटरसाइकल र कपडा भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation