लुम्बिनीमा लाेकसेवा तथा शिक्षक सेवा आयाेगकाे तयारी कक्षा शुभारम्भ

लुम्बिनी साँस्कृतिक नगरपालिकाकाे आयाेजना तथा र जेनिथ एजुकेसन प्रमोसन प्रा.लि.काठमाडौकाे प्राविधिक सहयोगमा अनलाइन माध्यमद्वारा तयारी कक्षा सञ्चालन भएको छ।

तयारी कक्षामा सहभागीहरूकाे रूपमा छनाैटमा परेका ५७जना विधार्थीहरु मध्ये खरिदार, नायब सुब्बा, प्रा.वि. तथा नि.मा.वि. तहकाे लागि शिक्षक सेवा आयाेगकाे तयारी गराउने गरी कक्षामा सहभागी हुनेछन । कक्षा सञ्चालन अब आउँदाे श्रावण भाद्र सम्ममा करीब पाँच देखि सात वटा लाेक सेवा तथा शिक्षक सेवा आयाेगकाे प्रथम पत्रकाे परीक्षालाई दृष्टिगत गरि कार्य अगाडि बढाइएकाे हाे ।

नगर उप-प्रमुख श्री कल्पना हरिजनज्युको अध्यक्षता, जेनिथ एजुकेसन प्रा.लि.का सन्चालक श्री प्रेम भुषालज्युको प्रमुख आतिथ्यता र लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री राम प्रसाद ज्ञवालीज्युको विशिष्ट आतिथ्यतामा सन्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख श्री लक्ष्मी पराजुलीज्युले दिनु भएको थियो भने शुभकामना मन्तव्यकाे क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत श्री राम प्रसाद ज्ञवालीज्यूले कक्षा सञ्चालनकाे औचित्री माथी प्रकाश पार्नु भएको थियो भने कक्षा सन्चालन प्रकृया तथा सहभागीहरुलाई शुभकामना तथा उत्प्रेरणामूलक मन्तव्य राख्नु भएको नगर उप-प्रमुख कल्पना हरिजनज्यु, प्रेम बोहोराज्यु, जेनिथ एजुकेसन प्रा.लि. का संचालक प्रेम भुषालज्यु लगायत अतिथिहरुले मन्तव्य राख्नु भएको थियो ।

नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख श्री फणिन्द्र कुमार पालज्युले संचालन गर्नु भएको थियो भने कार्यक्रममा सहभागीको रुपमा स्वास्थ्य शाखा प्रमुख श्री ध्रुवराज घिमिरेज्यु, पशु विकास अधिकृत श्री केशव प्रसाद यादवज्यु, कृषि विकास शाखा प्रमुख श्री मणीराम पौडेलज्यु, समन्वय शाखा प्रमुख श्री तुलसीराम लामिछनेज्यु, प्रशासन शाखा प्रमुख श्री शोभाखर पौडेलज्यु, विपद ब्यवस्थापन शाखा प्रमुख श्री शेषराम यादवज्यु, लगायत विभिन्न शाखाका कर्मचारीहरु सहितको समुपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation