
दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा किशोर किशोरीलाई लागु औषध दुर्व्यसनी बालबिवाह कार्यक्रम ३ दिने तालिम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर कल्पना हरिजनले लुम्बिनीमा दिन प्रति दिन बढ्दै गएको विकृति विसङ्गति किशोर किशोरीहरु र विद्यार्थीहरु औषध दुर्व्यसनी कुलतमा लागेर पारिवारिक तथा सामाजिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्तिको हानि हुदै जाने, पारिवारिक दुरि बढने, अनैतिक कार्यमा संलग्न हुने ईत्यादि बढ्दै गएको हुनाले त्यस्ता किशोर किशोरीलाई कुलतबाट टाढा राख्नका लागि सबैभन्दा पहिले उनीहरूमा यसविरुद्ध सचेतना जगाउन जरुरी छ । उनीहरूलाई ड्रग्सको सामाजिक र मानसिक असरका विषयमा जानकारी दिनुपर्छ ।
परिवारले किशोर–किशोरीलाई निगरानी गर्नुपर्छ । आफ्नो कुरा मात्रै सुनाउने भन्दा पनि उनीहरूका समस्या सुन्ने र समाधानका उपाय निकाल्ने प्रयत्न गर्नुपर्छ ।
युवालाई कुलतबाट टाढा राख्नका लागि सबैभन्दा पहिले उनीहरूमा यसविरुद्ध सचेतना जगाउन जरुरी छ । उनीहरूलाई ड्रग्सको सामाजिक र मानसिक असरका विषयमा जानकारी दिएर औषध दुर्व्यसनी कुलतमा बालबिवाह निर्मुल पार्न सक्छि यस्ता विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम गरिने छ ।
कार्यक्रममा लुम्बिनी साथी सन्जाल रुपन्देहीको आयोजनामा लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगमा सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीको समन्वयमा कार्यक्रम सञ्चालन भएको थिए ।
कार्यक्रममा रिता बिश्वकर्माको अध्यक्षतामा नगरपालिकाका उपमेयर कल्पना हरिजनको प्रमुख अतिथि, दृष्टि राना, प्रदिप केवट, पदम श्रेष्ठले प्रशिक्षण तथा तालिम दिएका थिए। राजकुमार लोधको स्वागत मन्तव्य कार्यक्रम समापन श्याम सिंह यादवले गर्नुभएको थियो।