माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण महरा

बुटवल । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई रोल्पा जाँदै गरेको बेला कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं लगिएको छ ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्व उपसभामुख समेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। महरा विरुद्ध सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले ९ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । उनका छोरा राहुल महरालाई यसअघि नै प्रहरीले पक्राउ गरी सुन तस्करी प्रकरणमा मुद्दा चलाएको थियो। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्। महरा बाबुछोराको सम्पर्क सिधै तस्कर दाओजिन वाङसँग पटकपटक भएको सिआइबीको अनुसन्धानमा देखिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation