
वृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनकाविषयमायूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीनदिने कार्यशाला मंगलबार सकिएको छ । लुम्बिनी स्थित बुद्धमाया गार्डेन होटेलमाभएको कार्यशालामाबृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई हानीनपु¥याउने गरी विकास गर्न विज्ञहरुले सुझावदिएका छन् ।
कार्यशाला समापन गर्दै लुम्बिनीविकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)लेअन्र्तराष्ट्रिय विज्ञ समितिले दिएका सुझाव ग्रहण गर्दै बुद्ध जन्मस्थल विश्वभरका एक अर्ब बढि मानिसहरुको आस्थाको केन्द्र समेत भएकाले त्यसलाई पनि मध्यनजर गरी सुझावहरु दिनआग्रह गरे । उनले लुम्बिनी जस्तै पुरातात्विक स्थलहरु अन्य देशमापनि रहेकाले त्यहाँ जसरी नै यहाँ पनि तीर्थलुहरुकालागि न्यूनतम सुविधादिने बिषयमा छलफल गर्नुपर्नेमा जोड दिए ।
यूनेस्को जापानिज फन्ड ईन ट्रष्टको सहकार्यमा यूनस्कोद्वारा सञ्चालित परियोजनाले बृहत्तर लुम्बिनी क्षेत्रमाविगत १४ बर्षदेखि कामगर्दै आइरहेको छ । सोही परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय विज्ञ समिति गठन गरिएको हो । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको बैठक बस्दै आएको छ।
लुम्बिनी क्षेत्रमा संरक्षणको मूल्यमान्यता राख्दै विकास गर्न सरकार, पुरातत्वविभाग, युनेस्को नेपाल र लुम्बिनीविकास कोषले स्वदेशी र विदेशीविशेषज्ञ सम्मिलित अन्तर्राष्ट्रिय विज्ञ समिति बनाइएको हो ।
संयुक्त राष्ट्र संघको सहयोगमा केञ्जे टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचनाबनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमापनित्यहीगुरुयोजनालाई अनुसरण गर्नुपर्ने विज्ञहरुले यो वर्ष पनि सुझावदिएका छन ।
समितिको छलफलमा विश्व सम्पदा केन्द्र यूनेस्कोका सम्पदा विज्ञ प्रो. रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा.रविनकनिङहम, प्रा डा यूकियो निसिमुरा, विज्ञ डा. काई वाईज, पुरातत्वविभागकामहानिर्देशकशोभाग्यप्रधानाङ्गा, विभागकापूर्व महानिर्देशककोषप्रसादआचार्य, पुरातत्वविद् बसन्त विडारी, लुम्बिनिविकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई,यूनेस्को परियोजना संयोजकनभा बस्न्यात थापा, कोषका बरिष्ठ पुरातत्वअधिकृत हिमालकुमार उप्रेतीलगायतले ले प्रस्तुती राखेकाथिए । यस्तै कार्यशालामालुम्बिनीविकास कोषकाकोषाध्यक्ष सिद्धिचरण भट्टराई, संस्कृतीपर्यटन तथानागरिक उडडयन मन्त्रालयका सहसचिव सुरेश सुरस श्रेष्ठ, कोषका योजनाप्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्यश्याम रोकालगायतले छलफलमा सहभागिता जनाएका थिए ।
तीनदिने कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रमा हाल भइरहेको गतिविधि र सम्पदाको दिगो संरक्षण र भावि योजनाकाबारेमा छलफल गरि सुझावहरु दिइएको बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए ।