नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

२६ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना निकालेको हो । सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘‘। प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

सरकारलाई लिएर आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाएकी थिइन् ।

समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री भएकी थिइन् । संरक्षक रेशम चौधरी पक्षको जोडबलमा गिरीसहित नाउपाका ५ प्रदेश सांसद शाह सरकारमा मन्त्री भएका थिए ।

 

तर एमाले–माओवादी गठबन्धनको पक्षमा रहेकी अध्यक्ष रञ्जिताले सरकारबाट फिर्ता हुन निर्देशन दिइन् । आफ्नो निर्देशन पालना नगरेको भन्दै श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाएकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation