अंग्रेजि माध्यममा निशुल्क पढाउदै सैनामैनाको दुर्गा भवानि

बालबालिकाको निःशुल्क र अनिवार्य शिक्षा नेपालको संविधानको मौलिक हक हो। सबै बालाबलिकाले कक्षा ८ सम्म निःशुल्क र अनिवार्य तथा कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षा पाउने व्यवस्था शिक्षा ऐनले गरेको छ। अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ अनुसार निःशुल्क शिक्षा भन्नाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै शुल्क नलिई विद्यालय वा शैक्षिक संस्थाले प्रदान गर्ने शिक्षाको व्यवस्था गरेको छ।

अझै सम्म देशभरिका कुनै पनि सामुदायिक विद्यालयहरूले निःशुल्क शिक्षा उपलब्ध गराउन सकेका छैनन्। तर सैनामैनाको एउटा यस्तो विद्यालय जहाँ नयाँ भर्नाको विज्ञापनमै कक्षा १ देखि ६ सम्म निसुल्क तथा अंग्रेजि माध्यमबाट पठनपाठन हुने भनि भर्नाको विज्ञापन गरियको छ ।

सैनामैनाको वडा नम्वर १ मा रहेको श्री दुर्गा भवानि माद्यामिक विद्यालयले यस्तो एउटा नमुना काम गरेको छ । जहाँ निसुल्क शिक्षा प्रदान गरिरहेको छ र उत्कृष्ट नतिजा पनि निकालिरहेको छ । खासगरि यो विद्यालयमा निम्न आयसा्त भएका अविभावकका छोराछोरि र साझ विहान काम गरेर विद्यालय आउने विद्यार्थिहरुले अध्ययन गर्ने गर्दछन् । रुपन्देहि पछिल्लो समय शिक्षाको हवको रुपमा बिकास भैरहेको अवस्थामा दुर्गा भवानि माद्यामिकले निशुल्क अग्रेजि माध्यममा पठनपाठन गर्नु सह्रानिय कार्य हो । दुर्गा भवानि माध्यामिक विद्यालयका प्राधानध्यापक तुल्सीराम शर्मा वाग्लेले सरकारले तलव दिएको छ, भौतिक संरचना बनाइदिएको छ किन लिनु पर्यो भन्दै सबै सामुदायिक विद्यालयले निसुल्क पढाउनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation