
बुटवल । स्थलमार्ग हुदै नेपाल भ्रमणमा आउने बिदेशी पर्यटकको सङख्यामा बृद्धि भएका छन् । नेपाल भारतको स्थलमार्ग मध्येको सबैभन्दा ठुलो र बढी मानिसहरु ओहोरदोहोर गर्ने नाकाहरुमा भैरहवाको बेलहिया नाका प्रमुख हो । यो नाका हुँदै राहदानी प्रयोग गर्ने बिदेशी पर्यटक सबैभन्दा बढी (स्थलमार्ग) यही नाका हुदै आउने गरेको तथ्याङकले जनाएको छ ।
बेलहिया नाका हुदै नेपाल आउने पर्यटक मध्ये अधिकांश बुद्ध जन्मस्थल लुम्बिनी, पोखरा, मुक्तिनाथ, काठमाण्डौ, चितवन, पाल्पा जाने गरेका छन् भने भारतिय पर्यटकहरु क्यासिनोमा रमाउनका लागि भैरहवा तथा अन्य शहर जाने गरेको पर्यटन व्यवसायि चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । क्यासिनो र खानपिनमा रमाउन पनि यहाँ भारतिय पर्यटक आउने गरेको श्रेष्ठको भनाई छ ।
गएको तिन महिनामा मात्रै लुम्बिनी भ्रमण गर्ने भारतिय पर्यटकहरुको संख्या ७० हजार भन्दा बढी भएको लुम्बिनी बिकास कोषले जनाएको छ । कोषको सुचना शाखाका कर्मचारी दिलिप कुलुंगका अनुसार सन् २०२४ को जनवरीमा १९ हजार ३६, फेब्रुअरीमा २० हजार ४ सय ८९ र मार्चमा ३० हजार ६ सय ७० जना भारतिय पर्यटकले लुम्बिनीलाई आप्mनो भ्रमण गन्तब्य बनाएका छन् ।
स्थलमार्ग हुदै नेपाल भ्रमणमा आउने भारतिय पर्यटकहरुलाई नेपालमा यात्रा सहज गराउने, उनिहरुले ल्याउन पाउने रुपैयाको लिमिट बढी गराउन पहल गर्ने, बाटो बाटोमा चेकजाचका नाममा दुख्ख नदिई भन्सार बिन्दुमै सबै काम र चेकजाँच गरी अन्यत्र चेक गर्न नपर्ने जस्ता काम भए भारतिय पर्यटकहरु नेपालमा अझ बढी आउने श्रेष्ठको भनाई छ । भारतीय पर्यटकले हाल जम्मा २५ हजार भारु मात्र ल्याउन पाउछन, त्यो भन्दा बढी भए नेपालमा गैरकानुनी भन्दै पैसा सहित पक्राउ पर्ने गरेका छन् ।
अब आउने बजेटबाट स्थलमार्ग हुदै आउने भारतिय पर्यटकहरुलाई रकम ल्याउने असिमित सुबिधा प्रदान गर्नु पर्नेमा पर्यटन व्यवसायिको भनाई छ । जति बढी पर्यटकले पैसा ल्याए उति धेरै खर्च गर्छन, नेपालमा आएर पैसा खर्च गर्नु भनेको राष्ट्रको लागि राम्रो कुरा हो, श्रेष्ठले उल्लेख गरे ।
उता स्थलमार्ग बेलहिया नाका हुदै नेपाल आउने बिदेशी पर्यटकहरुको संख्या पनि बिगतको भन्दा बढदै गएको छ । अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठका अनुसार कोरोना संक्रमण पछि रोकिएको पर्यटक आगमन बिस्तारै लयमा फर्कदैछ । कोरोना संक्रमणपछि सुस्ताएको पर्यटक आगमन दर बिस्तारै बृद्धी हुदै गएको छ । बेलहिया स्थित अध्यागमन कार्यालयका अनुसार चालु वर्ष २०२४को फेब्रुअरीमा यो नाका हुदै १४ हजार १ सय २५ बिदेशी पर्यटक नेपाल भ्रमणमा आएकामा मार्च महिनामा यो संख्या बृद्धी भई १७ हजार २ सय १४ पुगेका छन् ।
अध्यागमन कार्यालयका अनुसार यो नाका हुदै जनवरी फेब्रुअरी र मार्च महिनामा सबै भन्दा बढी पर्यटक थाईल्याण्डबाट ११ हजार ६ सय ६८ जना आएका छन भने श्रीलंकाका ८ हजार ९ सय ८६, म्यान्मारका ६ हजार ९ सय १५, दक्षिण कोरीयाका २ हजार १ सय ५५, भियतनामका २ हजार ४ सय १९ लगायत बिभिन्न १ सय २० भन्दा बढी मुलुकका पर्यटक स्थलमार्गको बेलहिया नाका हुदै नेपाल घुम्न आएका छन् । लुम्बिनी बिकास कोषका अनुसार २०२४को पहिलो ३ महिनामा ४२ हजार ४ सय ७४ बिदेशी नागरीकले लुम्बिनी भ्रमण गरेका छन् ।
यति धेरै बिदेशी र भारतिय पर्यटकहरु लुम्बिनी घुम्न पुगे पनि उनिहरुको बसाई अबधि मुस्किलले एकरातको र त्यस्मा पनि लुम्बिनी भित्रका बिहारहरुमा पर्यटक बस्दा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले अपेक्षाकृत फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए ।