मारीखोलाको ढुङ्गोमाथि बुटवलमा विमर्श

१९ वैशाख ।

उपन्यास `मारीखोलाको ढुंगो´बारे लेखक जेबी दर्लामीको कर्मथलो बुटवलमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । नागरिक चौतारीको संयोजनमा भएको कार्यक्रममा करिब २०० जनाको सहभागिता थियो । कवि तथा लेखक  गिरि श्रीस मगर,  लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक कमल थापा तथा लुम्बिनी प्रदेशकी पूर्व सांसद एवं माओवादी नेतृ दीपा बिक खड्काले पुस्तकबारे बोल्नुभएको थियो ।

मन्तव्यका क्रममा नेतृ दीपा बिक खड्काले जेबी दर्लामीको उपन्यासले अयोग्य बनाइएका माओवादी लडाकुका बारेमा राम्रो चित्रण गरेको भए पनि केही प्रसङ्गमा आफू सहमत हुन नसकेको जनाउनुभयो ।
उपप्राध्यापक कमल थापाले यस उपन्यासले नेपाली राजनीतिका थुप्रै विडम्बनाका बारेमा प्रकाश पारेको बताउनुभयो ।
कवि श्रीस मगरले सानो क्यानभासमा युद्धको कथा कोरिएको र कथाले केही बहसको माग गर्ने भन्नुभयो ।

कार्यक्रममा पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य र लेखक जेबी दर्लामीले उपन्यास प्रकाशनसित सम्बन्धित विषयमा जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation