छानबिन समिति गठन गरेर गृहमन्त्रीलाई बोल्न दिनुपर्छः राप्रपा

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिनुपर्ने माग राखेको छ ।

सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संसद् भवनको कार्यकक्षमा प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर बाही (ज्ञानेन्द्र)ले यस्तो बताएका हुन् ।

 

‘गृहमन्त्रीलाई बोल्न दिनुपर्छ’ आफूले सभामुखसँगको छलफलमा राखेको विषयबारे प्रमुख सचेतक शाहीले भने ।

गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा आफूहरू छानबिन समितिको मागबाट पछि नहटेको पनि उनले बताए । समग्र देशका सहकारीबाट पीडित भएकाहरूलाई न्याय दिइनुपर्ने उनको भनाइ छ ।

 

गरिबको पैसा अनियमितता गरेका कोही अर्बपति, करोडपति बनेको र त्यसमध्ये कोही देश बाहिर जाने अवस्था रहेको भन्दै उनले छानबिन समिति बन्नैपर्ने बताए ।

‘छानबिन समिति बन्ने र गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने राप्रपाको माग छ । बोल्ने कुरामा चाहिं प्रतिबन्ध गर्नु हुँदैन’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation