![](https://ujyaalopost.com/wp-content/uploads/2024/06/Messenger_creation_fe7db838-9b1f-426d-8f31-29ef6dd6c92f.jpeg)
रारा, मुगु २७ जेठ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार मुगु जिल्लाको राराताल अबलोकन गर्नुभएको छ ।
भ्रमणमा प्रदेश प्रमुख शेरचन , उहाँको जीवन संगिनी शान्ति शेरचन , उहाँको सचिवालयकाे टाेली र कर्मचारीकाे सहभागीता रहेको छ ।
भ्रमणका क्रममा प्रदेश प्रमुख लगायतले घाेडामा सवार गरि राराकाे अदभूत साैन्दर्य अवलाेकन गर्नुभएकाे थियाे ।
कर्णाली प्रदेशको स्वर्गकी रानिकाे रूपमा परिचित रारामा दैनिक सयौं पर्यटककाे भिड लाग्ने गर्दछ ।
रारा प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो । रारामा स्थलमार्ग र हवाई मार्गबाट पुग्न सकिने भएपनि लुम्बिनी प्रदेश प्रमुख लगायतको टोलि स्थलमार्गबाट रारा पुगेकाे हाे ।
रारा पुग्ने बित्तिकै राराको सुन्दरताले आफुहरु लाेभिएकाे भ्रमणमा सहभागी प्रदेश प्रमुख शेरचनको सहस्वकीय सचिब बसन्त भट्टचनले बताउनुभयो ।