बुटवल, २८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले रुपन्देहीका पत्रकार कमल रायमाझीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् ।
भैरहवामा रहेर राष्ट्रिय समाचार समिति ९रासस०, लुम्बिनी खबर पत्रिकालगायत सञ्चार माध्यममा कार्यरत रायमाझीलाई महराले प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सह–सचिव समेत हुन् ।
लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष तथा प्रेस सेन्टर नेपाल रुपन्देहीका पूर्वअध्यक्ष समेत रहेका रायमाझी विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी पाएसँगै रायमाझीले पत्रकारहरूका लागि सूचनामा सहजीकरण गर्ने बताए ।