नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

१० असार, काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत चलेको छैन ।

सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको जीएसएम प्रणालीमा जोडिएका सेवाहरु चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation