सैनामैना । नेपाल मगर संघ कञ्चन गाउपालिका वडा न १ गाउँ कार्य समितिले मगर महिलाहरुको प्रथम भेटघाट तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मगरहरुको भेषभुषा, भाषा, सस्कृतीको जर्गेना गरौ भन्ने उद्धेश्यले मगर महिलाहरुको प्रथम भेटघाट तथा तिज मिलन कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथी कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले मगर महिला दिदीबहिनीहरु एकजुट भएर अगाढी बढन् आग्रह गर्नुभयो । विभिन्न जात जातिका विभिन्न संगठनहरु भएको भन्दै मगरहरु महिलाहरुको ठुलो संगठन रहेको र विभिन्न रचनातमक कार्य गरेर देखाउनु पर्ने वेला आएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम वर्षमा एक पटक मात्र नभएर समय समयमा गर्नुपर्ने सुझाव दिनुभयो । साथै नेपाली नारीहरुको तीज पर्वको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघ कन्चन गाउपालिकाका अध्यक्ष कविराज काउचाले सधै भाषणमा जनजातीका पक्षमा बोलेर मात्र नहुने बताउनुभयो । जनताको अगाढी ठुला कुरा गर्ने तर काम नगर्ने परिपाटि रहेको भन्दै अब काम गरेर देखाउन आग्रह गर्नुभयो ।
यस्तै कन्चन गाउपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले कन्चन गाउँपालिका जनजाती, आदिवासीको वहुल्यता भएको र त्यसै कारण आफुहरुले चुनाव जितेर आएको बताउदै महिला दिदीबहिनीहरुका समस्या तथा माग केके छन ती सवै सम्वोधन गर्न आफु र गाउपालिका तयार रहेको कुरा जानकारी गराउनुभयो । उहाले चुनावका तपाइहरुले सहयोग गर्नुभयो अब सहयोग गर्ने बेला आफुहरुको आएको कुरा समेत जानकारी गराउनुभयो । नेपाल मगर संघ १ नं वडा कमिटिलाइ यो कार्यक्रम आयोजना गरेर भेटघाट गराएकोमा धन्यवाद दिँदै तिज पर्व सव्य र भव्य मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा कन्चन १ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नं. २ का वडा अध्यक्ष टेक वहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।
नेपाल मगर संघ कञ्चन गाउपालिका वडा न १ गाउँ कार्य समितिका अध्यक्ष धन बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल मगर संघ कञ्चन गाउपालिका वडा न १ गाउँ कार्य समिति सदस्य चन्दा थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हुमी राहाडी मगरले गर्नुभएको हो । सोमबार दानपुर तालमा सम्पन्न कार्यक्रममा विभिन्न टोल समुहले विभिन्न साँस्कृतिक कार्यक्रम देखाएका थिए ।