नेकपा एमाले सैनामैनाको वडा अधिवेशन १६,१७ र १८ गते हुने

नरेश चौधरी, सैनामैना भदौं ११ ।
नेकपा एमाले सैनामैनाले वडको अधिवेशन गर्ने भएको छ । भदौं १६,१७र१८ गते वडा नं. १देखि ११ सम्मका सबै वडामा तीन दिन अधिवेशन गर्ने भएको हो ।

नेकपा एमालेको विस्तारित वैठकले सो निर्णय गरेको नेकपा एमाले सैनामैना नगर अध्यक्ष चेतनारायाण न्यौपाने (नारायाण)ले जानकारी दिनु भयो । अधिवेशनका लागि अहिले तयारी तिव्र परिएको उहाँले जानकारी दिनु भयो । बैठकले कार्यकर्ता भेटघाटका कार्यक्रमलाई तिव्र पर्ने, महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने लगाएतको निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै असोजको १५ गते भित्र नगरको अधिवेशन सम्पन्न गरिसक्ने गरि निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
नेतृत्व चयन गर्दा जुझारु, सकृय, नेतृत्व चयन गर्नुपर्ने प्रदेश कमिटी सदस्य तथा सैनामैना नगर इन्चार्ज नर बहादुर थापाले बताउनु भयो ।
वडाको अधिवेशन सबै कार्यकर्ता, सकृय सदस्यहरुको उपस्थितिमा, सौहार्दपूर्ण बाताबरणमा गर्नु पर्ने नेकपा एमाले रुपन्देही जिल्ला सचिव चित्र बहादुर कार्कीले सुझाव दिनुभयो  ।

अधिवेशन सफलरुपमा सम्पन्न गर्न नगर तथा वडगत तहमा निर्देशन गरिएको सैनामैना नगर अध्यक्ष चेतनारायाण न्यौपाने (नारायाण)ले बताउनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation