२४ भदौ, काठमाडौं । वालिङ नगरपालिका स्याङ्जाले एन्फा महिला लिगमा सोमबार संकटा फुटबल क्लबलाई १(० ले पराजित गरेको छ ।
विदेशी खेलाडी सिस्सी नानतोङ्गले पहिलो हाफमा गरेको एक मात्र गोल मद्दतमा वालिङले संकटालाई पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सिस्सीले ३९औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।
ज्याकलिनले विपक्षी खेलाडीलाई छलाउदै दिएको ब्याक पासमा सिस्सीले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी हुन् । त्यही गोलको मद्दतमा वालिङले पहिलो जित हात पार्दै ३ अंक जोड्न सफल भयो ।
पहिलो खेलमा कोशी प्रदेशसँग पराजित भएको वालिङले दोस्रो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।
जितपछि तीन खेलबाट ६ अंक जोडेको वालिङ अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । संकटाको भने यो दोस्रो हार हो र अझै पनि जितविहीन छ ।
संङ्कटाको तीन खेलबाट १ अंक मात्र छ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको संकटाले दोस्रो खेलमा चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो ।