राजदूत सिफारिस समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता

२४ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाएकी छन् ।

सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय सुनुवाइ समितिले यसबारे छलफल गर्न परराष्ट्रमन्त्री राणालाई बोलाएको थियो ।

 

छलफलमा मन्त्री राणाले दलित र मुस्लिम समुदायबाट खोजे पनि सम्भव नभएको बताइन् । साथै आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी बनाउने प्रतिवद्धता जनाइन् ।

‘जति समावेशी हुनुपथ्र्यो, समानुपातिक हुनुपथ्र्यो त्यो हुन सकेको छैन भन्ने मलाई पनि लागेको छ’, उनले भनिन्, ‘यो कुरा मन्त्रिपरिषद्मा म अघि बढाउनेछु ।’

 

उनले निर्णायक पदहरुमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्नेमा समेत जोड दिइन् । मन्त्रिपरिषदमा दुई जना महिला मात्र रहेको भन्दै उनले भनिन्, ‘यहाँ (राजदूत सिफारिस) पनि १७ जनामा दुई जना देखापर्नु भएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation