अखिल नेपाल महिला संघ सैनामैनाको तेस्रो नगर अधिबेशन सम्पन्न

अखिल नेपाल महिला संघ सैनामैनाको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले बसन्ता रेग्मी छेत्री को अध्यक्षतामा ३३ सदस्यिय नगर कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा लिला सपकोटा सचिवमा सीता भुसाल चयन भएका छन भने सहसचिवमा अन्जिता पान्डे र कोषाध्यक्षमा कमला सुनार चयन भएका छन ।

नगर अधिवेशनमा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा अनेमसघ केन्द्रिय सदस्य ज्ञानु केसिले अनेमसंघले राष्ट्र निर्माण र राजनैतिक सामाजिक रुपान्तरणका लागी खेलेको भुमिकाको प्रशंसा गर्दै जातीय, सामाजिक बिभेदमा महिला अब उप मात्र होइन प्रमुख हुने आवाज उठाएको छ यो अनेमसंघको आवाज एमालेको पनि आवाज हो भन्दै महिलालाइ प्रमुख पद दिनु पर्ने एमालेको राष्ट्रको र समग्रताको आवाज भएको बताए ।

एमाले केन्द्रिय तथा सैनामैना नगर इन्चार्ज गोमा आचार्यले महिलाहरुले राज्य को विभिन्न परिवर्तनमा अग्रणी भुमिका निर्बाह गरेको बताइन । परिस्थिति बाट बाहिर आउन शिक्षा स्वास्थ रोजगारी ,जनजिबिकाका एजेन्डाले जित्न समाज रुपान्तरण गर्न , देशले जित्न , देशको स्वाधीनताले जित्नका लागि महिलाहरुको अहम् भुमिका रहने बताए ।

कार्यक्रममा चित्र बहादुर कार्की, कल्पना थापा, नर बहादुर थापा, खुसिराम चौधरी, कमला देबि बिस्वकर्मा, कृष्ण प्रसाद घिमिरे, मीन प्रसाद पौडेल , बिस्णु केसि लगायतले आफ्ना भनाइ राखेका थिए । अधिबेशन मन्जु ज्ञवालिको अध्यक्षतामा सम्पन्न भयको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation