सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको मलमला सामुदायिक वन उपभोक्ता समितिले अवैध रुपमा तस्करी हुदैँ गरेको सालको काठ मंगलबार साँझ करिब ८ बजे बरामद गरेको छ ।
विशेष सुचनाका आधारमा मलमला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तुल्सीराम पोखरेल सहित खतिएको टोलीले तुलबुलिया नदि किनारमा करिब ७ क्युफिट सालको चिरानका काठ बरामद गरेको हो ।
मलमला सामुदायिक वन उपभोक्ता समितिले पछिल्ला समय अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रण गर्नका लागी नियमित गस्ती टोली खटाउने गरेको मलमला सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष माधव पौडेलले बताउनु भयो ।