बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

२ असोज, काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ ।

पाँच दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation