ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

८ असोज, काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।

 

उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation